नेकपाको केन्द्रीय कमिटी बैठक स्थगित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ।

केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति निकालेर कात्तिक १५ देखि १७ गतेसम्म निर्धारण गरिएको बैठक स्थगित गरिएको जानकारी दिएका हुन्।

बढ्दो कोरोना महामारीको प्रकोपका कारण पूर्वनिर्धारित बैठक स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: : 2020-10-28 14:05:00

प्रतिकृया दिनुहोस्