के हामी नर्वेको मोडल नक्कल गर्न सक्छौं?

सेतोपाटी

काठमाडौँ
तस्बिर : सेतोपाटी

मुराहरि पराजुली

केही समयअघि मैले एउटा लेख लेखेको थिएँ- साझा पार्टी, हामीलाई चाहिएको कल्याणकारी राज्य कि समाज? 

उक्त लेख मैले साझा पार्टीका नेताहरूले पोस्ट गरेको एउटा इन्फोग्राफिक्स अध्ययनपछि लेखेको थिएँ। त्यसमा साझा पार्टीको विचार-दर्शन कल्याणकारी लोकतन्त्र हो भनिएको थियो। थप भनिएको थियो- कल्याणकारी लोकतन्त्र भनेको लोकतन्त्रको बलियो जगमा कल्याणकारी राज्यको अभ्यास हो। कल्याणकारी राज्यमा गुणस्तरीय सार्वजनिक शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको दायित्व सरकारले बोक्छ। 

साझाका यी कुरा भावनात्मक हुन् भन्दै मैले कल्याणकारी राज्य कम्तिमा पनि आर्थिक रुपमा चुनौतीपूर्ण छ भनेको थिएँ। केही पाठकले 'स्क्यान्डनेभिया (नर्वे, डेनमार्क र स्विडेन) वा नर्डिक (नर्वे, डेनमार्क, स्विडेन, फिनल्यान्ड र आइसल्यान्ड) मा यो सफल छ भने हामी किन कल्याणकारी राज्य स्थापना गर्न सक्दैनौं?' भन्ने प्रश्न गरेका छन्। खासगरी साझा पार्टीमै आवद्धहरूले यसमा रुचि देखाएका छन्।

उनीहरूले 'कल्याणकारी राज्य सम्भव छ' भनेर उदाहरणका प्रस्तुत गरेको 'नर्डिक मोडल' नक्कल सबैले गर्न सक्छन् त? 

मैले अघिल्लो लेखमा स्विडेनको चर्चा गरेको थिएँ। स्विडेन कसरी तीव्र गतिमा कल्याणकारी राज्यको बाटोमा हिँड्यो, त्यसले के-कस्ता आर्थिक चुनौती निम्त्यायो र त्यसबाट किन पछि हट्नु पर्‍यो भन्ने उल्लेख गरेको थिएँ। कल्याणकारी राज्य अवधारणाले निम्त्याउने थप चुनौतीबारे यो लेखमा चर्चा गरेको छु।

सबभन्दा पहिले नर्वेकै कुरा गरौं। 

 

प्रकाशित मिति: : 2020-10-30 16:11:00

प्रतिकृया दिनुहोस्