लिभरपुल र सिटीकाे साँघुरो जित

प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुल र उपविजेता म्यानचेष्टर सिटीले साँघुरो जित निकालेको छ। 

शनिबार राति भएको खेलमा लिभरपुलले २–१ को पुनरागमन जित निकालेको हो भने सिटीले सेफिल्ड युनाइटेडलाई १–० को जित निकाल्यो।

पाहुना टोलीका पाब्लो फोर्नल्सले सुरुवाती १०औँ मिनेटमा वेस्ट ह्यामलाई अग्रता दिलाएका थिए।

यता मोहमद सलाहाले ४२औँ मिनेटमा खेल बराबरीमा ल्याए। उनले पेनाल्टीमा गोल गरेका थिए। 

खेल सकिन ५ मिनेट बाँकी छदाँ वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका डिएगो जोटाले लिभरपुलका लागि विजयी गोल गरे।

लिभरपुलको ७ खेलबाट १६ अंक छ। वेस्ट ह्याम ८ अंक सहित १३औँ स्थानमा छ। 

यता सिटीले सेफिल्ड युनाइटेडसँग १–० को झिनो जित हात पारेको छ। २८औँ मिनेटमा वाल्करको गोलबाट अग्रता लिएको थियो। सेफिल्डका पूर्व खेलाडीले केभिन डि ब्रुएनेको पासमा लामो दुरीबाट गरेको प्रहार गोलमा परिणत भएको थियो।

चार खेलमा अपराजित रहेको सिटी ११ अंकका साथ अंक तालिकाको सातौं स्थानमा पुगेको छ। मात्र १ अंक जोडेको सेफिल्ड १९औँ स्थानमा छ।

प्रिमियर लिगकै अर्को खेलमा शुक्रबार राती वल्भ्सले क्रिस्टल प्यालेसलाई २–० ले हराएको थियो।  रायन एट नोउरीले १८औँ र डानियल पोडेन्सीले २७औँ मिनेटमा गोल गरेको थिए।

खेलको अन्त्यतिर प्यालेसका लुका मिलिभोजेभिकले रातो कार्डको सामना गरेका थिए। 

प्रकाशित मिति: : 2020-11-01 07:38:00

प्रतिकृया दिनुहोस्