टेकु अस्पतालले तोक्यो आईसीयू र आइसोलेशनमा उपचार गर्न धरौटी

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोभिड-१९ भएर उपचारका लागि आईसीयू र आइसोलेशनमा भर्ना भएका बिरामीको लागि शुल्क तोकेको छ। 

कोभिड-१९ भएका बिरामीको लक्षणका आधारमा लाग्ने दैनिक खर्च र उपचारका लागि लाग्ने धरौटी रकम सार्वजनिक टेकु अस्पतालले गरेको हो।

कोभिड-१९ भएर स्वास्थ्यमा जटिल समस्या भइ आईसीयूसँगै भेन्टिलेटमा उपचार गर्दा दैनिक उपचार १५ हजार लाग्ने अस्पताले तोकेको छ भने धरौटी रकम ५० हजार लाग्छ।

यस्तै आइसियु मात्र चाहिने र मध्यम जटिल (क्याविन आइसोलेसन) मा उपचार गर्नुपर्ने बिरामीले दैनिक ७ हजार ५ सय उपचार खर्च तिर्नुपर्छ भने ३० हजार धरौटी रकम लाग्छ। संक्रमित भएर मध्यम जटिल अवस्थाका बिरामी ग्यास्ट्रो आइसोलेसनमा बस्दा दैनिक ३५ सय उपचार शुल्क लाग्छ भने २० हजार धरौटी रकम तिनुपर्ने अस्पतालले जनाएको छ। 

विपन्न, जेष्ठ नागरिक ७० वर्षभन्दा माथि, अति अपाङ्गता भएका, अशक्त र एकल महिला संक्रमितको हकमा आवश्यक सिफारिस पत्र, परिचय पत्र भएमा आर्थिक अवस्था हेरेर आवश्यकताका आधारमा १० प्रतिशतदेखि शतप्रतिशतसम्म उपचार छुट दिने अस्पतालले जनाएको छ। 

कोभिड-१९ भएर स्वास्थ्य उपचारका लागि निम्नवर्गीय तथा मध्यम वर्गीय परिवारका बिरामी धाउने सरकारी अस्पताल मध्ये प्रमुख अस्पतालको रुपमा टेकु अस्पतालमा भिड लाग्ने गर्छ। कार्तिक २ गतेबाट लागु हुने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै कोभिड अस्पताललाई कोरोना संक्रमितको उपचार सःशुल्क गर्न निर्देशन दिएको थियो। 
 

प्रकाशित मिति: : 2020-11-01 12:56:00

प्रतिकृया दिनुहोस्