मौसमी रुघा खोकी : आयुर्वेद र योगलाई उपयोग गरौं

अनलाइनखबर

काठमाडौँ
सांकेतिक तस्बिर

डा.अच्युत शाली घिमिरे

विश्वमा सबैभन्दा बढी लाग्ने स्वास्थ्य समस्या हो रुघाखोकी। मानिसलाई वर्षको एक–दुई पटकदेखि पाँच छ पटकसम्म रुघा लाग्न सक्छ। राइनो भाइरस, इन्फ्ल्युइन्जा आदिलाई रुघा लगाउने भाइरस भनिन्छ। रुघाखोकीलाई सरुवा रोगका रूपमा लिइन्छ। घरमा वा समुदायमा कोही एक जनालाई  कसैलाई रुघा लागेमा सरेर अरूमा पनि लाग्छ।

चिसो र भाईरसले गर्दा नै रुघा लगाउने भएको भएता पनि सबैलाई रुघा लाग्नुपर्ने हो तर सबैलाई नलागी केहीलाई मात्र रुघा लागेको देखिन्छ।  शारीरिक अवस्था र रोगप्रतिरोधात्मक क्षमताले पनि निर्धारण गर्छ ।जसको रोग प्रतिरोधात्मक क्षमता कम छ उसमा रुघाखोकी लगायत अरु रोग लाग्ने सम्भावना पनि बढी हुन्छ।

मौसमी रुघाखोकी के हो ?

शरीरमा जमेको फोहर विस्तारै रगत र श्वासप्रणालीसम्म फैलिन्छ र श्वास प्रणालीमा कफको रुपमा जम्मा हुन्छ। जब चिसो हावा, पानी र चिसो खानेकुराको सम्पर्कमा आउँछ तब श्वासप्रश्वासप्रणालीमा जम्मा भएको कफ या तरल रूपमा बग्न थाल्छ या जमेर श्वासप्रणालीलाई अवरोध गर्छ। यसरी शरीरमा जमेको त्यो फोहर चिसोको सम्पर्कमा आएपछि बाहिर निस्कन खोज्छ वा तातोको सम्पर्कले बाहिर निस्कन खोज्छ। जब मौसम परिवर्तन हुन्छ फोहर जमेको स्थानको तापक्रम असन्तुलन भई नाकबाट सिंगानका रूपमा बाहिर निष्काशन हुन खोज्छ जसलाई हामी मौसम परिवर्तन भएर लागेको रुघाखोकी भनेर बुझ्छौं।

प्रकाशित मिति: : 2020-11-04 08:42:00

प्रतिकृया दिनुहोस्