आफ्नाले छाड्दै गएपछि पार्टीभित्र कमजोर बन्दै प्रचण्ड

देखापढी

काठमाडौँ
फाइल तस्बिर

प्रकाश तिमल्सिना

 “प्रचण्डको कुरा कस्ले पत्याउँछ, १५ वर्षमा उहाँले के-के सत्य बोल्नुभयो? अझै पनि उहाँको कुरा पत्याएर बस्ने अवस्था छ र?” उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले गत सोमबार एउटा रेडियो अन्तवार्तामा आफ्नै अध्यक्षप्रति अविश्वास पोखेका थिए।

दुःखका दिनमा झन्डै ३० वर्ष प्रचण्डसँग काँधमा काँध मिलाएर निरन्तर संघर्ष गरेका भट्टलाई कुनै बेलाका ‘आदर्श’ नेताप्रति मोह भङ्ग भएको उनकै अभिव्यक्तिले पुष्टि गरिरहेको छ।  

प्रचण्डलाई आदर्श मान्दै आँखा चिम्लेर उनका पछि लागेकाले नै उनको साथ छोड्न थालेको यो एउटा उदाहरण मात्रै हो।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र विवाद बढ्दै गएसँगै कार्यकारी अध्यक्ष पुष्पकमल दाहालमाथिको सङ्कट पनि थपिन थालेको छ। प्रधामन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर टक्कर चलिरहँदा उनीमाथि सङ्कट थपिनुको कारण हो, आफैले नेतृत्व गरेका पूर्व माओवादीका प्रभावशाली नेताहरूले पनि छाड्दै जानु।

तत्कालीन नेकपा माओवादी केन्द्रको नेतृत्व गर्दै नेकपामा आएका प्रचण्डलाई लेखराज भट्ट मात्रै होइन्, सचिवालय सदस्य रामबहादुर थापा, स्थायी कमिटी सदस्यहरू टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, मणि थापा, गणेश साह, चक्रपाणि खनालसहित केन्द्रीय सदस्य प्रभु साहलगायतले पनि “हामी तपाईँ सँग छैनौँ” भन्ने सन्देश दिइसकेका छन्।

प्रकाशित मिति: : 2020-11-04 19:58:00

प्रतिकृया दिनुहोस्