प्रचण्डले सचिवालय सदस्यलाई धुम्बाराही बोलाए

नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय सदस्यहरूलाई धुम्बाराही बोलाएका छन्।

पार्टीभित्र विवाद बढिरहेका बेला उनले दिउँसो ३ बजे सचिवालय सदस्यहरूलाई धुम्बाराही बोलाएका हुन्।

कार्यकारी अध्यक्ष ‘प्रचण्ड’ पाँच दिनअघि कात्तिक १५ गते प्रधानमन्त्री ओलीसँग छलफल गर्न बालुवाटार गएका थिए।

उक्त छलफलमा प्रधानमन्त्री ओलीले ‘सँगै बस्न नसक्ने भए सल्लाहै गरेर अलग–अलग बाटो लाग्न सकिने’ भन्नेसम्म कुरा गरेको प्रचण्डले आफूनिकट सचिवालय सदस्यहरु वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई आफ्नै निवासमा डाकेर त्यसै दिन जानकारी दिएका थिए।

त्यसपछि बिहीबार प्रचण्डले प्रधानमन्त्री केपी ओलीसँग भएको भेटमा प्रचण्डले सचिवालय बैठक बोलाउनुपर्ने धारणा राखेका थिए। तर प्रधानमन्त्री ओलीले अहिले बैठक बोलाउन जरूरी नरहेको प्रतिक्रिया दिएका थिए।

प्रकाशित मिति: : 2020-11-06 11:45:00

प्रतिकृया दिनुहोस्