कस्तो अवस्थामा बालबालिकाको पिसिआर गर्ने ?

सेतोपाटी

काठमाडाैं

संसारभरिको तथ्यांक हेर्‍यो भने बालबालिकामा कोरोना संक्रमण थोरै देखिएको छ। 

अहिले स्कुलहरू बन्द छन्। बालबालिका भीडभाडमा कम गएका छन्। 

श्वासप्रश्वासमा उनीहरू तुलनात्मक रूपमा स्वस्थ छन्। यस्ता विभिन्न कारणले उनीहरूमा संक्रमणको खतरा न्यून छ। 

यसो भन्दैमा बालबालिकालाई कोरोना लाग्दै नलाग्ने भन्ने होइन। 

बालबालिकालाई कोरोना लाग्यो भने के गर्ने, परिवारमा संक्रमण हुँदा कसरी हेरचाह गर्ने,कस्तो अवस्थामा पिसिआर गर्ने, बालबालिकाको मानसिक अवस्थाबारे कसरी ध्यान दिने लगायतका विषयमा हामीले त्रिवि शिक्षण अस्पतालमा कार्यरत बाल रोग विशेषज्ञ एवम् उपप्राध्यापक डा मेरिना श्रेष्ठसँग भिडिओ कुराकानी गरेका छौं। 

यस कुराकानीका मुख्य बुँदा यसप्रकार छन्:

- बालबालिकालाई पनि कोरोनाका लक्षण ठूला मानिसलाई जस्तै देखिन्छ।

-  बुवाआमालाई कोरोना संक्रमण छ भने बच्चालाई पनि पोजेटिभ छ भनेर ठान्नुपर्छ।

प्रकाशित मिति: : 2020-11-07 09:33:00

प्रतिकृया दिनुहोस्