हाजार्ड र कासिमिरोलाई कोरोना

रियल मड्रिडका विंगर इडेन हाजार्ड र मिडफिल्डर क्यासेमिरोलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

स्पेनिस क्लबले शनिबार विज्ञप्ति जारी गर्दै हाजार्ड र क्यसेमिरोलाई संक्रमण भएको पुष्टि गरेको हो। 

अघिल्लो दिन गरिएको परीक्षणमा हाजार्ड र क्यासेमिरोमा पोजेटिभ देखिएपछि आज विहान पुनः परीक्षण गरिएको थियो। यी दुईबाहेक अन्य खेलाडीको भने रिपोर्ट नेगेटिभ आएको छ। 

कोरोना देखिएपछि दुबै खेलाडी सेल्फ आइसोलेसनमा बसेका छन्।

रियलले आइतबार राति भ्यालेन्सियासँग उसैको मैदानमा खेल्नेछ।

लिग तालिकाको दोस्रो स्थानमा रहेको मड्रिड टोली सोसीडाडभन्दा १ अंकले पछाडि छ।

प्रकाशित मिति: : 2020-11-07 17:01:00

प्रतिकृया दिनुहोस्