‘पठान’का लागि दीपिकाले लिइन् १५ करोड पारिश्रमिक

बलिउड नायिका दीपिका पादुकोणले ‘पठान’का लागि १५ करोड पारिश्रमिक लिएकी छन्।

नायक शाहरूख खान निर्माता रहेको चलचित्रकाे लागि उनले उक्त रकम लिएकी हुन्। 

सोही चलचित्रमा नायक जोन अब्राहमले २० करोड पारिश्रमिक लिएका छन्।

 ‘पठान’मा शाहरूख र सलमान खानको पनि अभिनय रहने जनाइएकाे छ। चलचित्र यसै महिनाको अन्त्यतिर छायांकनमा जानेछ।

यो फिल्म शाहरूखको लगभग दुई वर्षपछि लिडमा देखिने चलचित्र हो। 

प्रकाशित मिति: : 2020-11-09 12:42:00

प्रतिकृया दिनुहोस्