भल्भार्डे एक महिना मैदान बाहिर रहने

 रियल मड्रिडका फेडे भाल्भार्डे चोटग्रस्त भएका छन्।

फेडेको घुँडा र कुर्कुचाबीचको भित्री हड्डीमा चोट लागेको क्लबले बताएकाे छ।

चोट लागेपछि उनले यो महिना कोलम्बिया र ब्राजिलबीचको खेल गुमाउने भएका छन्। 

‘उनको बायाँ खुटको घुँडा र कुर्कुचाबीचको भित्री हड्डीमा चोट लागेको छ। भालभेर्डेको चोट हेर्दा पूर्ण रुपमा ठीक हुनका लागि झन्डै एक महिना दिन लाग्ने अनुमान गरिएको छ,’ रियलले विज्ञप्तीमार्फत भनेको छ।

क्लबले उनको चोटको अवस्था नियमित परिक्षण गरिरहने जनाएको छ। 

यसअघि काेराेना भाइरसकाे संक्रमण भएपछि कासेमिरो र इडन हाजार्ड दुवै मैदान बाहिर छन्।
 

प्रकाशित मिति: : 2020-11-10 06:27:00

प्रतिकृया दिनुहोस्