सचिवालयको अनौपचारिक बैठक

Breaknlinks
Breaknlinks

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयको अनौपचारिक बैठक बोलाएका छन् । 

प्रचण्डले मंगलबार अपरान्ह चार बजे पार्टी कार्यालयमा अनौपचारिक बैठक बोलाएकाे पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार अनौपचारिक छलफलका लागि सचिवालय सदस्यहरुलाई बोलाइएको हाे। 

यसअघि अध्यक्ष प्रचण्डसहितका ५ जना नेताले सचिवालय बैठक बोलाउन सहमति दिन अध्यक्ष  तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिखित आग्रह गरेका थिए । शुक्रबार र शनिबार अनौपचारिक छलफल गरेर सोमबारभित्र बैठक बोलाउन ५ उनले गरेको आग्रहलाई ओलीले वेवास्ता गरेपछि मंगलबार पुन प्रचण्डले सचिवालय सदस्यहरुसँग छलफल गर्न लागेका हुन् । 

यसैबीच विवादका बीच नेकपाका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री समेत रहेका ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

 ओलीसँगको भेटवार्ता सकेर धुम्वाराही पुग्ने प्रचण्डको सचिवालयका एक सदस्यले जानकारी दिएका छन् ।

प्रकाशित मिति: : 2020-11-10 16:18:00

प्रतिकृया दिनुहोस्