रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट एक युवतीको घटनास्थलमै मृत्यु

संकेतिक तस्वीर
संकेतिक तस्वीर

रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट एक युवतीको मृत्यु भएको छ।

जिल्लाको माधवनारायण नगरपालिका ७ लौकाहामा बस्ने रामअद्योध्या साहको १८ बर्षीय छोरी अमृता कुमारीलाई बुधबार राती करिव ११ बजे गोली हानिएको हाे।

रातको समयमा घरमा सुतिरहेको अवस्थामा अज्ञात समूहले उनको कन्चटमा गोली प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता भारत श्रेष्ठले जानकारी दिए। 

उनको ०७६ साल फागुनमा युवतीको सर्लाहीको मधुवनगोठ गाउँका रुपेश साहसँग बिहे भएको थियो।

बिबाहित रहेको अमृतालाई कसले र किन गोली हानेको हो भने खुलेको छैन।

युवतीको हत्या प्रेम सम्बन्धको कारण भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान छ। 

असारमा युवती अमृताको सम्बन्ध विच्छेद भइसकेपछि युवती माइती लौकाहामा बस्दै आएकी थिइन्।

रौतहटका प्रहरी उपरीक्षक सिद्धीविक्रम साहकाअनुसार युवतीको हत्यामा संलग्न व्यक्तिहरुको पहिचान भइसकेको छ। हाल उनीहरु फरार रहेकाले खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2020-11-12 10:09:00

प्रतिकृया दिनुहोस्