एक वर्षपछि मैदान फर्कियाे नेपाली टाेली, आज बंगलादेशसँग भिड्दै 

बिएल संवाददाता

काठमाडाै‌ं
तस्वीर: एन्फा
तस्वीर: एन्फा

नेपाली राष्ट्रिय फुटबल टोली आज शुक्रबार बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दै छ।

एक वर्षभन्दा लामो समयपछि मैदान फर्किएकाे नेपाली टाेलीले बेलुकी पाैने पाँच बजे खेल्न लागेकाे हाे। 

नेपालले गत वर्षको नोभेम्बरयता अन्तर्राष्ट्रिय फुटबल खेलेको छैन।

नेपालले अन्तिमपटक कुवेतसँग विश्वकप छनोट खेल खेलेको थियो।

जसमा नेपाल १-० गोलले पराजित भएको थियो।

नेपाल र बंगलादेशबीच दोस्रो र अन्तिम मैत्रीपूर्ण खेल मंसिर २ गते हुनेछ।

यी दुई टोली अन्तर्राष्ट्रिय फुटबलमा अन्तिमपटक सन् २०१८ को सेप्टेम्बरमा भिडेका थिए।

साफ च्याम्पियनसिपमा नेपालले बंगलादेशलाई २-० गोलले पराजित गरेकाे थियाे।
 

प्रकाशित मिति: : 2020-11-13 08:44:00

प्रतिकृया दिनुहोस्