नेकपा सचिवालय बैठक ४५ मिनेटमै सकियाे, प्रचण्डले पेश गरे राजनीतिक प्रतिवेदन

बिएल संवाददाता

काठमाडाै‌ं

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठक ४५ मिनेटमै सकिएको हो।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको संकटबारे राजनीतिक प्रतिवेदन तयार पारेका बताए। उनकाे प्रतिवेदन सबै सदस्यलाई बितरण गरिएकाे छ।

बैठक बोलाउन सहमति दिन माग गर्दै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई पेश गरेको पत्र, त्यसको जवाफमा ओलीले प्रचण्डलाई लेखेको पत्र र त्यसको प्रतिउत्तरमा प्रचण्डले ओलीलाई लेखेको पत्र समेत नेताहरुलाई दिइएको छ। 

अर्को बैठक मंसिर ३ गते बस्नेछ।

आगामी बैठकमा पार्टी स्थायी कमिटीको निर्णय कार्यान्वयन र पार्टीको आन्तरिक मामलामा देखिएको समस्यामा छलफल हुने श्रेष्ठले बताए।

‘बैठकमा पार्टीमा उत्पन्न संकट समस्या र त्यसको समाधानलाई कार्यसूची बनाएर छलफल गर्न निष्कर्ष निकालेका छौं। सो कार्यसूची अगाडि बढाउने निर्णय गरेका छौं,’ उनले भने।

प्रकाशित मिति: : 2020-11-13 17:15:00

प्रतिकृया दिनुहोस्