एलन मस्कको कम्पनी ‘स्पेस–एक्स’ को पहिलो व्यवसायिक अन्तरिक्ष यात्रा सुरु

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आइतबार राती साढे ७ बजे अर्थात नेपाली समयअनुसार सोमबार बिहान ६ बजेर १५ मिनेटमा ४ अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय स्पेस स्टेशन पठाएको छ। 

यो मिशन व्यवसायिक कम्पनी स्पेस–एक्सको ‘क्रु ड्राइगन’ मार्फत पुरा हुन लागेको हो। ‘क्रु ड्राइगन’ को यो पहिलो व्यवसायिक उडान हो। 

स्पेस स्टेशनमा अमेरिकी अन्तरिक्ष यात्री माइकल हप्किन्स, भिक्टर ग्लोवर र सेनन वार्कर समावेश छन्। उनीहरूसँग जापानका सोइची नोगुची पनि समावेश भएको अमेरिकी मिडियाले बताएको छ। 

उडान फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट भएको थियो। स्पेस सेन्टरका लागि उडेका यी चार अन्तरिक्ष यात्रीले माथि रुसका दुई र एक अमेरिकी अन्तरिक्ष यात्रीलाई भेट्दै छन् र उनीहरू ६ महिना सँगै बसेर काम गर्नेछन्। 

‘क्रुड्राइगन’ को उडानको समय अमेरिकी उपराष्ट्रपति माइक पेन्स र द्धितिय महिना करेन पेन्ससँगै थिए। नासाले अभियान पुरा हुने आश्वासन दिएको छ। 

यो अभियान पुरा भए अन्य थुप्रै अन्तरिक्ष यात्रीलाई स्पेस सेन्टर पठाउन सहज हुने बताइएको छ। 

अभियान एकदिन अगाडि हुनुपर्ने थियो तर खराब मौसमका कारण स्थगित गरिएको थियो। 

गत मे महिनामा स्पेस–एक्सले अन्तरिक्ष यात्रीलाई कसरी स्पेसमा पठाउने भनेर एउटा तयारी अभियानको डेमो सार्वजनिक गरेको थियो। 

अहिलेको अभियान सफल भए रुसको सोयूज रकेटबाट अन्तरिक्ष यात्रीलाई स्पेस पठाउने परनिर्भरता समाप्त हुने अमेरिकाले बताएको छ। 

स्पेस–एक्सका कार्यकारी प्रमुख एलन मस्कले २००२ मा कम्पनी स्थापना गरेका थिए। यसपछि उनी आफ्नो प्रतिद्धन्दी कम्पनी बोइङ भन्दा धेरै अगाडि बढिसकेका छन्। 

गत वर्ष बोइङको अन्तरिक्ष यात्रीको अनुपस्थितिमा स्पेसमा पठाउन लागेको स्टारलाइनर कार्यक्रमको परीक्षण असफल भएको थियो। 

नासाले यसै साता ‘क्रु ड्राइगन’ लाई सर्टिफाइड गरेको थियो। ४० वर्षको अवधिमा नासाले कुनै प्राइभेट कम्पनीलाई सर्टिफाइड गरेको यो पहिलो अवसर हो। 

यसको मोडल क्याप्सुल जस्तै छ। यसबाट स्पेस–एक्सको फाल्कन–९ रकेट पनि लञ्च गर्ने सम्भावना रहेको छ। फाल्कन–९ को विशेषता भनेको यसलाई पुनः प्रयोग गर्न सकिन्छ। 

एजेन्सीले २०२४ सम्म व्यवसायिक क्रु कार्यक्रमअन्तर्गत ८ बिलियन डलरभन्दा बढी रकम खर्चिने योजना बनाएको छ।

प्रकाशित मिति: : 2020-11-16 10:05:00

प्रतिकृया दिनुहोस्