फ्रान्सकाे सानदार जित, स्विडेन लिग ‘बी’ मा झर्‍यो

बिएल संवाददाता

काठमाडाै‌ं

फ्रान्सले यूईएफए नेसन्स लिगमा स्विडेनलाई पराजित गरेको छ।

मंगलबार राति भएको  अन्तर्गत समुह ए४ को अन्तिम खेलमा सेमिफाइनल पुगिसकेको फ्रान्सले ४-२ ले पराजित गरेको हाे। यस जितसँगै स्विडेन भने लिग बी मा झरेको छ।

खेलको पाँचौ मिनेटमा नै स्विडेनले भिक्टर क्लेसनको गोलमा अग्रता लिएको थियो। तर १६ औँ मिनेटमा ओलिभिएर् जीरुडले मार्कस थुरामको पासमा खेल बराबरी गरे। 

३६ औँ मिनेटमा बेन्जामिन पाभार्डले गोल गरे। ५८ औँ मिनेटमा जिरुडले अग्रता दोब्बर पारे।

८८ औँ मिनेटमा रोबिन क्वेसनले गोल गर्दै स्विडेनलाई २-२ काे बराबरीमा ल्याए। 

तर इन्जुरी समयको चौथो अर्थात ९४ औँ मिनेटमा किङ्गस्ली कोम्यानले गोल गरेपछि फ्रान्स ४–२ ले विजयी भयो।

फ्रान्स ६ खेलमा अपराजित रहँदै १६ अंकका साथ अन्तिम चारमा प्रवेश गर्यो। पोर्चुगल १३ अंकसाथ दोस्रो स्थानमा रहयो।

क्रोएसिया र स्विडेनको समान ३-३ अंक भएपनि गोलअन्तरमा क्रोएसियाले स्विडेनलाई उछिन्न सफल रहयो। स्विडेनले अर्को वर्ष लिग बी मा खेल्नेछ।

प्रकाशित मिति: : 2020-11-18 06:58:00

प्रतिकृया दिनुहोस्