इटाली नेशन्स लिगको फाइनल चरणमा

बिएल संवाददाता

काठमाडाै‌ं

इटाली युरोपियन नेशन्स लिग फुटबलको फाइनल चरणमा पुगेको छ।

बुधबार राति समूह ए थ्री अन्तर्गत भएको खेलमा बोज्निया–हर्जगोविनालाई २–० ले पराजित गर्दै इटाली फाइनल चरणमा पुगेकाे हाे।

अवे मैदानमा भएको खेलमा इटालीलाई जिताउन बेलोती र बेरार्डीले गोल गरे। 

खेलकाे २२औँ मिनेटमा बेलाेतीले गाेल गर्दै इटालीलाई अग्रता दिलाएका थिए।

पहिलाे हाफ उनकै गाेलमार्फत अग्रता बनाएकाे इटालीले दाेस्राे हाफमा थप एक गाेल थप्याे।

खेलकाे ६८औँ मिनेटमा बेरार्डीले गाेल गर्दै इटालीलाई २–० काे सहज जित दिलाए।

यो जितसँगै लिग ए १ मा इटाली ६ खेलबाट १२ अंक जोडेर शीर्षस्थानमा रह्यो।

पराजित बोस्निया २ अंकसहित पुछारमा रहँदै रेलिगेसनमा परेको छ।

११ अंक जोडेर नेदरल्यान्ड्स र ७ अंक जोडेको पोल्यान्ड यसै समूहमा यथावत छन्।

इटालीले अब फाइनल चरणमा फ्रान्स, बेल्जियम र स्पेनसँग खेल्नेछ।

प्रकाशित मिति: : 2020-11-19 06:31:00

प्रतिकृया दिनुहोस्