बेल्जियम नेशन्स लिगको फाइनल चरणमा

बिएल संवाददाता

काठमाडाै‌ं

बेल्जियम युरोपियन नेशन्स लिग फुटबलको फाइनल चरणमा पुगेकाे छ। 

समूह चरण अन्तर्गत बुधबार राति भएको अन्तिम खेलमा डेनमार्कलाई ४–२ ले पराजित गर्दै बेल्जियम फाइनल चरणमा पुगेको हो।

घरेलु मैदानमा भएको खेलमा बेल्जियमको जितमा रामेलु लुकाकुले दुई तथा यूरी टिएल्मन्स र केविन डी ब्रुयनाले एक–एक गोल गरे।

डेनमार्कका लागि जोनास विण्ड एक गोल गरे। यस्तै बेल्जियमका नासर चाड्लीले आत्मघाती गोल गरे।

खेलकाे तेस्रो मिनेटमा नै यूरीले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाए। तर त्याे अग्रता धरै समय कायम रहन सकेन।

खेलकाे १७औँ मिनेटमा विण्डले डेनमार्कका लागि बराबरी गोल गरे।

पहिलाे हाफ १–१ काे बराबरीमा सकिएकाे खेलमा दाेस्राे हाफ थप ३ गाेल भयाे।

५७औँ मिनेटमा लुकाकुले गाेल गर्दै बेल्जियमकाे अग्रता बनाए। 

यस्तै ६९औँ मिनेटमा व्यक्तिगत दाेस्राे गाेल गर्दै लुकाकुले टाेलीलाई ३–१ काे अग्रता दिलाए। 

८६औँ मिनेटमा चाड्लीले आत्मघाती गोल गरेपछि खेल ३–२ मा पुगेकाे थियाे।

तर  ८७औँ मिनेटमा डी ब्रूयनाले गोल गरेपछि बेल्जियमले ४–२ को जित निकाल्याे।

जितपछि बेल्जियमको १५ तथा डेनमार्कको १० अंक जाेडेकाे छ।

बेल्जियमले अब फाइनल चरणमा फ्रान्स, इटाली र स्पेनसँग खेल्नेछ।

प्रकाशित मिति: : 2020-11-19 07:01:00

प्रतिकृया दिनुहोस्