ग्वार्डिओला दुई वर्ष सिटीमै रहने

बिएल संवाददाता

काठमाडाै‌ं

स्पेनिस प्रशिक्षक पेप ग्वार्डिओलाले इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग सम्झौता नवीकरण गरेका छन्।

ग्वार्डिओलाले बिहीबार दुई वर्षको लागि सम्झौता थप गरेका हुन्।

यससँगै ग्वार्डिओला सन् २०२३ सम्म सिटीमा रहनेछ।

४९ वर्षीय प्रशिक्षक ग्वार्डिओलाको सम्झौता यसै सिजनको अन्त्यसम्म रहेको थियो।

उनी सन् २०१६ मा जर्मन क्लब बायर्न म्युनिखबाट सिटी आएका थिए। त्यसअघि उनी बार्सिलोनाका प्रशिक्षक रहेका थिए।

ग्वार्डिओलाको प्रशिक्षणमा सिटीले तीन इएफएल कप, दुई प्रिमियर लिग, दुई एफए कम्युनिटी शिल्ड र एक एफए कप जितेका छन्। 

सिटीसँगको नयाँ सम्झौतापछि ग्वार्डिओलाले सिटीमा खेलाडी, अफिसियल र समर्थकबाट राम्रो साथ पाइरहेको बताए।

 

प्रकाशित मिति: : 2020-11-20 07:06:00

प्रतिकृया दिनुहोस्