लोहनीको अंग्रेजी कविता संग्रह ‘भोइड’ अब ई–बुकमा

बिएल संवाददाता

काठमाडाै‌ं

लेखक तथा साहित्यकार बसन्त लोहनीको अंग्रेजी कविता संग्रह ‘भोइड’ अब पाठकहरूले ई–बुकमा पनि पढ्न सक्ने छन्।

सन् २००६ मा अक्षर पब्लिकेशनले प्रकासित गरेको यो कविता संग्रह शुक्रबारदेखि ई–बुकमा पनि समावेश गरिएको छ। 

पाठकहरूले १ सय ५० रुपैयाँ तिरेर कविता डाउनलोड गर्न सक्ने पब्लिकेशनले बताए।

त्रिभुवन विश्वविधालयमा लामो समय अध्यापनको अनुभव संगालेका लोहनी लामो समयदेखि विभिन्न पत्रपत्रिकामा लेखनमा पनि सक्रिय छन्।

उनले कान्तिपुर, काठमाडौं पोस्टलगायत नेपालका शीर्ष दैनिक पत्रिकामा स्तम्भकारको रूपमा अर्थ तथा राजनीतिसँग सम्बन्धित लेख प्रकाशित गर्दै आइरहेका छन्। 

प्रकृति प्रेमी लोहनीको कवितामा मानवीय संवेदना, प्रेम र विभिन्न आयाम जोडिएको हुन्छ।

आफ्नो कविताको संगालो देश विदेशमा बसोबास गर्ने साहित्यनुरागीले ई–बुकमार्फत पढ्न सक्ने कुराले आफूलाई उत्साही तुल्याएको लोहनीले बिएल नेपाली सेवालाई बताए। लाेहनीकाे कविता स्नातकाेत्तरमा पनि पढाई हुन्छ। 

लोहनीको कविता बिएल नेपाली, हिन्दी र अंग्रेजी सेवामा पनि प्रकाशित भइसकेको छ। उनले आफ्नो अमूल्य सम्पत्ति पाठक भएको प्रतिक्रिया दिँदै ई–बुकले थप पाठकसँग जोड्ने बताए।

प्रकाशित मिति: : 2020-11-20 16:50:00

प्रतिकृया दिनुहोस्