फिर्मिन्हो र जोटाको गोलमा लिभरपुलको जित

बिएल संवाददाता

काठमाडाै‌ं

रोबर्टाे फिर्मिन्हो र डिएगो जोटाको गोलमा लिभरपुलले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई पराजित गरेको छ ।

एनफिल्डमा आइतबार राति भएको खेलमा घरेलु टोली लिभरपुलले लेस्टरमाथि ३–० को सानदार जित हात पारेको हो । लिभरपुलले एक गोल उपहार पाएको थियो ।

खेलको २१औं मिनेटमा आत्ममघाती गोलबाट अग्रता लिएको थियो । कर्नरबाट आएको बललाई बचाउने क्रममा जोनी इभान्सले आफ्नै पोस्टमा गोल गरेका थिए।

 ४१औं मिनेटमा एन्ड्रिउ रोबर्टसनको पासमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई पहिलो हाफमा २–० को अग्रता दिलाए । 

८६औं मिनेटमा जेम्स मिल्नरको पासमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई ३–० को सानदार जित दिलाए ।

जितसँगै लिभरपुल ९ खेलबाट २० अंक जोडेर दोस्रो स्थानम उक्लिएको छ । समान २० अंक नै रहेपनि टोटेनहन गोल अन्तरमा शीर्षस्थानमा रहेको छ । 

हारसँगै लेस्टरले शीर्षस्थानमा उक्लने मौका गुमायाे। १८ अंक जोडेकाे लेस्टर चौथो स्थानमा झरेको छ ।

प्रकाशित मिति: : 2020-11-23 06:58:00

प्रतिकृया दिनुहोस्