सैलुङले दोस्रो पटक पनि मल ल्याउन नसकेपछि कारवाहीमा, साढे ५ करोड धरौटी जफत

बिएल संवाददाता

काठमाडाै‌ं

 सैलुङ इन्टरप्राइजेजलाई कृषि सामाग्री कम्पनी लिमिटेडले दोस्रो पटक कारबाही गरेको छ।

भारतबाट ३० हजार मेट्रिक टन युरिया मल ल्याउन ठेक्का लिएको उसले तोकिएको समयमा ल्याउन नसकेपछि ठेक्का सम्झौता रद्ध गरिएको हो। 

गहुँ र तोरीको लागि चाहिने ३० हजार मेट्रिक टन युरिया मल कात्तिक २४ गतेभित्र ल्याउने सहमति गरिएको थियो।

तर ल्याउन नुकेपछि धरौटीबापतको पाँच करोड ५६ लाख ४९ हजार रुपैयाँ जफत गरिएको छ।

कम्पनीका प्रबन्ध सञ्चालक नेत्र बहादुर भण्डारीका अनुसार धरौटी जफत गरी सैलुङलाई कालोसूचीमा राख्न प्रक्रिया अघि बढाइएको छ।

असार र साउन महिनामा  धानमा हाल्ने मल ल्याउन नसकेर सैलुङले यसअघि पनि कारबाही भोगिसकेको छ। 

प्रकाशित मिति: : 2020-11-24 14:28:00

प्रतिकृया दिनुहोस्