युभेन्ट्स च्याम्पियन्स लिगको अन्तिम १६ मा

बिएल संवाददाता

काठमाडाै‌ं

युभेन्ट्सले यूईएफए च्याम्पियन्स लिगमा साँघुराे जित हात पारेकाे छ।

लिग अन्तर्गत मंगलबार राति भएकाे समूह जीको खेलमा फेरेन्कभारोसलाई २-१ ले पराजित गरेको हाे।

खेलको १९ औं मिनेटमा पाहुना टोली फेरेन्कभारोसले अग्रता लिएको थियो  मिरोत उजुनीले गोल गरेका थिए। 

३५ औं मिनेटमा युभेन्टसका क्रिस्टियानो रोनाल्डोले खेल बराबरीमा ल्याए। रोनाल्डोले क्वाडराडोको पासमा गोल गरेका थिए।

उनले क्लब र राष्ट्रिय टिमबाट गरि खेल जीवनको ७४९ औँ गोल गरेका हुन।

यस्तै इन्जुरी समयको दोस्रो अर्थात ९२ औँ मिनेटमा जुआन क्वाडराडोको क्रसमा अल्भारो मोराटाले गोल गरेपछि युभेन्टस २–१ ले विजयी भयो। अन्तिम समयमा गोलरक्षक डेनेस डिबुस्जले गम्भीर गल्ति गर्दा युभेन्ट्स जित हात पार्‍याे। 

बार्सिलोनाको ४ खेलमा १२ अंक छ भने युभेन्ट्स ९ अंकसहित दोस्रो स्थानमा छ। 

किएभ र फेरेन्कभारोसको समान १-१ अंक छ। गोलअन्तरमा किएभ तेस्रो स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2020-11-25 06:46:00

प्रतिकृया दिनुहोस्