भारतीय विदेश सचिवको भ्रमण : सकारात्मक शुरुआत तर पूरै विश्वस्त हुने अवस्था छैन

अनलाइनखबर

काठमाडौँ
फाइल तस्बिर

कमलदेव भट्टराई

 भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाको दुई दिने भ्रमणले लामो समयदेखि थाती रहेका द्विपक्षीय विषयहरुमा छलफल गर्न र उच्चस्तरको भ्रमण आदान–प्रदानको लागि सकारात्मक वातावरण बनाएको छ ।

एक वर्षदेखि चिसिएको सम्बन्ध, चरम आपसी अविश्वास र आरोप–प्रत्यारोपको पृष्ठभूमिमा भएको सो भ्रमणकै क्रममा विवादित विषयमा ठोस सहमतिको सम्भावना र अपेक्षा थिएन । भ्रमणले अगाडि बढ्न एउटा आधार बनाउने अपेक्षा थियो त्यस हिसाबले भ्रमणले आशाको सञ्चार गरिदिएको छ ।

दुई देशको बिचमा लामो समयदेखि थाती रहेका संयन्त्रका बैठकहरु अब सुचारु हुनेछन् । परराष्ट्रमन्त्री हुँदै प्रधानमन्त्री र राष्ट्रपतिसम्मको उच्च तहको भ्रमणको बाटो खुलेको छ । अहिलेकै स्पिरिटमा अगाडि बढ्ने हो भने आगामी मार्च अथवा अप्रिल महिनामा प्रधानमन्त्रीस्तरमा भ्रमण हुनसक्छ ।

यदि सबै कुरा योजना अनुसार नै अगाडि बढ्यो भने डिसेम्बरको दोस्रो साता नयाँ दिल्लीमा संयुक्त आयोगको बैठक बस्ने छ । दुवै देशका परराष्ट्रमन्त्रीले नेतृत्व गर्ने सो बैठकले दुई देशबीच रहेका समग्र विषयहरुमा छलफल गरेर देखिएका गाँठोलाई सम्बोधन गर्नेछ ।

यस अगाडिको बैठकमा नेपालले कालापानी र सुस्ताको विषय र प्रवुद्ध समूहको प्रतिवेदनको विषय उठाएको थियो । अबको बैठकमा पनि नेपालले यी विषयलाई स्पष्ट रुपमा नै द्विपक्षीय वार्तामा उठाउने तयारी गरेको छ । सन् २०१४ मा २३ वर्षपछि काठमाडौंमा बसेको संयुक्त आयोगको बैठकले कालापानी र सुस्ताको विषय समाधान गर्ने जिम्मा परराष्ट्र सचिवलाई दिएको थियो तर दुई देशका परराष्ट्रमन्त्री एक पटक पनि सीमा विवादमा सँगै बसेनन् ।

प्रकाशित मिति: : 2020-11-28 11:52:00

प्रतिकृया दिनुहोस्