नेकपा सचिवालय बैठक १६ गते पुन: बस्नेगरी सकियाे, ओलीले पेश गरे जवाफी प्रतिवेदन

सत्तारुढ नेपाल कम्युष्टि पार्टी (नेकपा)को सचिवालय बैठक १६ गतेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरे ।

प्रधानमन्त्री ओलीले आफूमाथि लागेका आरोपको जवाफ दिएका थिए । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभएको जानकारीअनुसार बैठकले अध्यक्ष ओलीको प्रतिवेदन अध्ययनका लागि तीन दिनको समय तोकेर १६ गते पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बस्ने निर्णय भएको छ ।

‘पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदन अध्ययन गर्न र थप आवश्यक छलफल र गृहकार्य गर्नका लागि १६ गतेसम्म बैठक स्थगित भएको श्रेष्ठले जानकारी दिए । उनका अनुसार आजको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीसहित अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड, बरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमले आफ्नो धारणा राखेका थिए ।

‘अध्यक्ष ओलीको प्रस्ताव खाममा वितरण गरियो, आज पढ्न पाइएको छैन र त्यसबारे अहिले केही भन्न सकिएन,’ पत्रकारहरुसँग प्रवक्ता श्रेष्ठले भने, ‘प्रस्तुत प्रस्ताव अध्ययन गर्ने र यही बीचमा आवश्यक छलफल गृहकार्य समेत गरेर अर्को बैठक गर्ने निर्णय भएको छ।’

प्रकाशित मिति: : 2020-11-28 15:48:00

प्रतिकृया दिनुहोस्