वीरगञ्जमा लैंगिक हिंसाविरुद्ध प्रदर्शन, ‘सरकार ! आँखा खोल’ (भिडियाेसहित)

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत शनिबार पर्साको वीरगञ्जमा महिलाहरूले शान्तिपूर्ण प्रदर्शन गरेका छन्।

वीरगञ्जको घण्टाघर चोकमा जम्मा भएका महिलाहरुले महोत्तरीमा अपहरण र बलात्कार पछि हत्या गरिएकी ६ वर्षीय किशोरी गुलाबसा खातूनको साथसाथै अन्य हिंसा र अन्यायमा परेका महिला तथा बालिकालाई न्याय दिलाउन माग गरेका थिए।

No description available.

प्राध्यापक शुष्मा तिवारी दूवेदीको नेतृत्वमा जम्मा भएका महिलाहरूले ‘महिला हिंसा गर्न पाइदैन’, ‘६ वर्षीय बालिका गुलाबसा खातूनलाई न्याय दे’ ‘छोरालाई घरबाट नै नैतिक शिक्षा देव’, ‘सरकार ! आँखा खोल’, ‘महिला हिंसा बन्द गर’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए।

कार्यक्रममा बोल्दै दूवेदीले लैंगिक हिंसाविरुद्धको महोत्तरीमा बालिका अपहरण र बलात्कार जस्तो जघन्य अपराधको घटना भएको भन्दै आगामी दिनमा सचेत होस् भन्नको लागि विरोध कार्यक्रममा गरेको बताइन्।

No description available.

यस्तै उनले आफ्नाे घरमा सन्तानलाई नैतिक शिक्षा दिएर पनि लैंगिक हिंसा कम गर्न सकिने बताइन्।

‘हाम्रा छोरालाई पनि घरबाट नै नैतिक शिक्षा दिनु जरुरी छ। ताकी उनीहरुले महिलालाई हेर्ने दृष्टिकोण फरक गर्न सकोस् र हाम्रा समाजमा यस्तो महिला हिंसाको घटना नहोस्’, उनले भनिन्।

No description available.

कार्यक्रममा महिलाहरू मात्र सहभागी भएर प्रदर्शन गरेको देखेर घण्टाघर चोकमा उभिएका युवाहरूले पनि हातमा प्लेकार्ड बोकेर सहभागीता जनाएका थिए।

कार्यक्रममा विभिन्न पेशा संलग्न रहेका महिला र पुरुषहरुको सहभागीता रहेको थियो।

No description available.No description available.No description available.

प्रकाशित मिति: : 2020-11-28 19:37:00

प्रतिकृया दिनुहोस्