यमनमा सरकार पक्षधर सैनिक र हुथी विद्रोहीबीच झडप, कम्तीमा १३ को ज्यान गयाे

बिएल संवाददाता

काठमाडाै‌ं

यमनकाे अभियान प्रान्तमा सरकार पक्षधर सैनिक र हुथी विद्रोहीबीच झडप हुँदा कम्तीमा १३ जनाको ज्यान गएको छ।

अभियान प्रान्तलाई सरकारी सैनिक र दक्षिणी क्षेत्रलाई स्वतन्त्र बनाउने माग गर्दै आएको ‘साउदर्न ट्रान्जिसनल काउन्सिल’ (एसटीसी) समूहबीच झडप भएकाे हाे।

झडपमा आठ विद्रोही सैन्य लडाकु र पाँच सरकारी सैनिकको ज्यान गएकाे जनाइएकाे छ।

यमनमा हुथी विद्रोही र अन्य विद्रोहीविरुद्धको लडाइँमा साउदी अरबको सैन्य सहयोगमा संयुक्त राष्ट्रसंघबाट मान्यता प्राप्त सरकारको नेतृत्वमा शान्ति स्थापनाको प्रयास गरिए पनि त्यसो हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

प्रकाशित मिति: : 2020-11-29 12:28:00

प्रतिकृया दिनुहोस्