कुकुरसँग खेल्दा वाइडेनको खुट्टा मर्कियो

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो वाइडेनको कुकुरसँग खेल्नेक्रममा खुट्टा मर्किएको अमेरिकी संचार माध्यमहरुले जनाएका छन् ।

 वाइडेनका चिकित्सकका अनुसार वाइडेनको दायाँ खुट्टा मर्किएको र उनलाई केही हप्तासम्म सहयोगी आवश्यक पर्न सक्नेछ । 

वाइडेनलाई डेलावेयरस्थित नेवार्क अस्पतालमा शनिबार उपचारका लागि भर्ना गरिएको थियो । 

वाइडेनका चिकित्सक केभिन ओ–कोन्नोरले एक विज्ञप्ति प्रकाशन गरी प्रारम्भिक एक्स–रे गर्दा हड्डी भाँचिएको नदेखिएको बताए । तर उनको खुट्टाको सिटी स्क्यान गर्न लागिएको पनि डा केभिनले बताए ।

वाइडेनको उमेर हाल ७८ वर्ष रहेकाले पनि स–सानो दुःखाई पनि जटिल हुन सक्दछ । राष्ट्रपति–निर्वाचितवाइडेनले आगामी वर्ष जनवरी २० मा राष्ट्रपतिको शपथ लिँदै छन् । उहाँ अमेरिकी इतिहासमै सबैभन्दा बढी उमेरमा राष्ट्रपति बन्नेछन्।

वाइडेन अस्पतालमा जाँदा खुट्टा खोच्याउँदै हिँड्नु भएको देखिएको थियो तर वैशाखी वा अन्य कुनै सहायता लिएका थिएनन्। 

राष्ट्रपति–निर्वाचितवाइडेन परिवारमा २ वटा कुकुर छन् र उहाँहरुले दुबैलाई ह्वाइट हाउस लैजाने यसअघि नै बताइसकेका छन्।
 

प्रकाशित मिति: : 2020-11-30 15:03:00

प्रतिकृया दिनुहोस्