राष्ट्रिय फुटबल टोलीकी कप्तान रेनुका नगरकोटी विवाह बन्धनमा बाँधिएकी छन्।
मंगलबार रेनुकाले जनकपुर शिवबानीका अभिषेक लामासँग विवाह गरेकी हुन्। रौतहट चन्द्रनिगापुरकी रेनुका र अभिषेकबीच ७ वर्षदेखि प्रेम सम्बन्ध रहँदै आएको थियाे।
रेनुका एपिएफकी महत्वपूर्ण सदस्य हुन्।
रेणुका सम्मलित टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जितेको थियो।
रेनुकाको विवाहमा सरिक हुन राष्ट्रिय टोली र एपिएफका सावित्रा भण्डारी, अनिता बस्नेत, हिरा भुजेल, निशा थोकर, रविना गोले, अनिता केसी, रुपा रानामगर, गिता राना, अन्जना राना मगर, अन्जली अन्जन, अनु लामा, मनिषा चौधरीलगायतका खेलाडी रौतहत पुगेका छन्।