नेप्सेमा उत्साह जारी, नेप्से दुई हजार विन्दुमाथि

बिएल संवाददाता

काठमाडाै‌ं

शेयरबजारले लगानीकर्ताको उत्साहलाई जारी राखेको छ। निकै उतारचढाव देखिएको बजारमा मंगलबार पनि नेप्से सूचक दुई हजार बिन्दु नाघेर बन्द भएको हो।

लगानीकर्ताका लागि मनोवैज्ञानिक रेखा मानिने २००० हजार विन्दुमै नेप्से अडिएपछि लगानीकर्ता थप उत्साहित बनेका छन्। बजारले अब अर्को उचाई लिने विश्लेषकहरुको विश्वास छ।
 
वाणिज्य बैंकहरुको शेयर भाउमा केही करेक्सन देखिएको छ। तर बिमा, उत्पादनमूलक तथा अन्य समूहमा तेजी आएको छ। नेप्से केही तलमाथि हुँदै अघि बढिरहेको देख्न सकिन्छ। वित्तीय प्रणालीमा अधिक तरलता अनि सस्तो ब्याजदरले शेयर बजार वृद्धिमा निकै राम्रो भूमिका खेलिरहेको देखिन्छ। बैंकहरुले पनि सहज तरिकाले शेयर कर्जा प्रवाह गरिरहेका छन्।
 
समग्रमा नेप्से सूचकको प्रवृत्ति महत्वपूर्ण भए पनि विशेष गरेर आफूले लगानी गरकै कम्पनीमा बढी ध्यान दिनुपर्छ। लगानी गर्ने कम्पनीको समग्र अवस्था जस्तो, नाफा, रिजर्भ, प्रतिशेयर आम्दानी, कम्पनी सञ्चालक, व्यवस्थापक अनि भविष्यमा कम्पनीको योजना लगायतलाई ख्याल गर्न आवश्यक हुन्छ। साथै, लगानीकर्ताले होल्ड गर्न सक्ने अवधिमा पनि विचार पुर्याउनुपर्छ।

प्रकाशित मिति: : 2020-12-01 15:35:00

प्रतिकृया दिनुहोस्