पीएसजीकाे सहज जित

बिएल संवाददाता

काठमाडाै‌ं

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा मोन्टपेलिएरमाथि सहज जित निकालेको छ।

मोन्टपेलिएरमा शनिबार राति भएको खेलमा पीएसजीले ३–१ को जित निकालेकाे हाे।

उसकाे जितमा कोलिन डग्वा, मोइस किन र केलियन एमबाप्पेले गोल गरे। माभिडिडिको गोल सान्त्वना बन्यो।

खेलको ३३औं मिनेटमा डग्वाले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए। ४१औं मिनेटमा माभिडिडिले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।

७७औं मिनेटमा मोइस किनले गाल गर्दै पीएसजीलाई २–१ ले अघि बढाए। इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा लाविन कुर्जावाको पासमा एमबाप्पेले गोल गर्दै ३–१ को सहज जित दिलाए।

शीर्षस्थानमा रहेको पीएसजीले दोस्रो स्थानमा रहेको मार्सेलाई ४ अंकले पछि पारेछ। 

पीएसजीको १३ खेलबाट २८ अंक रहेको छ। ११ खेलबाट मार्सेको २४ अंक छ। पराजित मोन्टपेलिएर २३ अंकसहित छैटौ स्थानमा छ।

प्रकाशित मिति: : 2020-12-06 08:19:00

प्रतिकृया दिनुहोस्