विश्वकप २०२२: छनोट समूह सार्वजनिक

बिएल संवाददाता

काठमाडाै‌ं

सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपका लागि युरोपेली राष्ट्रहरुको छनोटको समूह सार्वजनिक भएको छ। 

सोमबार राति भएको ‘ड्र’ समारोहमा युरोपका ५५ राष्ट्र १० समूहमा विभाजन गरिएको छ।

हरेक समूहको शीर्षस्थानमा रहने टोलीले सिधैँ विश्वकपमा स्थान पक्का गर्नेछन्।

समूहको दोस्रो स्थानमा रहने टोलीले भने नेसन्स लिगका दुई टोली सम्मिलित अर्को छनोट चरणमा प्रतिस्पर्धा गर्नेछ।

छनोटका खेल सन् २०२१ को मार्च महिनादेखि सुरु हुनेछ।

कुन समूहमा काे?

समूह ‘ए’ 

पोर्चुगल, सर्बिया, आयरल्यान्ड गणतन्त्र, लक्जेमबर्ग र अजरबैजान 

समूह ‘बी’

सन् २०१० को विजेता स्पेनसँगै स्विडेन, ग्रिस, जर्जिया र कोसोभो

समूूह ‘सी’ 

सन् २००६ को विजेता इटालीले स्विटजरल्यान्ड, उत्तरी आयरल्यान्ड, बुल्गेरिया र लिथुआनिया

समूह ‘डी’ 

साविक विजेता फ्रान्ससँगै युक्रेन, फिनल्यान्ड, बोस्निया एण्ड हर्जगोभिना र काजकास्तान 

समूह ‘ई’

बेल्जियम र वेल्स सम्मिलित मा चेक गणतन्त्र, बेलारुस र एस्टोनिया 

समूह ‘एफ’ 

डेनमार्क, अष्ट्रिया, स्कटल्यान्ड, इजरायल, फारो आइल्यान्ड र मोल्डोभा 

समूह ‘जी’

नेदरल्यान्ड, टर्की, नर्वे, मोन्टेनेग्रो, लात्भिया र जिब्रालटार। 

समुह ‘एच’ 

साविक उपविजेता क्रोएसिया, स्लोभाकिया, रुस, स्लोभेनिया, साइप्रस र माल्टा

समूह ‘आई’ 

इंग्ल्यान्ड र पोल्यान्डसँगै हंगेरी, अल्बानिया, एन्डोरा र सान मारिनो 

समूह ‘जे’

 सन् २०१४ को विजेता जर्मनी, रोमानिया, आइसल्यान्ड, उत्तरी म्यासेडोनिया, अर्मेनिया र लिक्टेन्स्टाइन
 

प्रकाशित मिति: : 2020-12-08 00:28:00

प्रतिकृया दिनुहोस्