नेयमारको ह्याट्रिकसँगै पीएसजी च्याम्पियन्स लिगकाे अन्तिम १६ मा

बिएल संवाददाता

काठमाडाै‌ं

फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) समूहको शीर्षस्थानमा रहेर यूईएफए च्याम्पियन्स लिगकाे अन्तिम १६ मा प्रवेश गरेको छ ।  

लिग अन्तर्गत मंगलबार स्थगित भएको खेलमा इस्तानबुल बसाकसेइरलाई ५-१ को फराकिलो अन्तरले पराजित गर्दै अन्तिम १६ मा पुगेकाे हाे।

मंगलबार रेफ्रीले टोलीका एक सदस्यले रंगभेदी टिप्पणी गरेको भन्दै खेल अवरुद्ध भएकाे थियाे। उक्त खेल यूईएफएले बुधबार नयाँ रेफ्री टोलीसहित खेल संचालन गरेको थियो ।

 खेल सुरु हुनुअघि दुवै टोलीका सदस्य र अफिसियलले मैदानको बीच भागमा घुँडा टेकेर रंगभेदविरुद्ध आवाज उठाएका थिए । अघिल्लो दिन १५ मिनेटमा गोलरहित रहेको अवस्थाबाट नै खेल सुरु भएको थियो ।

पीएसजीले २१ औं मिनेटमा नै अग्रता लियो । नेयमारले मार्को भेराट्टीको पास गाेल गरे।

३७ औं मिनेटमा  पीएसजीका लागि नेयमारले अग्रता दोब्बर पारे । 

४२ औं मिनेटमा एम्बापपे गोल गर्दै पहिलो हाफमा नै पीएसजीलाई ३-० को अग्रता दिलाए ।

दोस्रो हाफको ५० औं मिनेटमा नेयमारले ह्याट्रिक पूरा गरे ।

५७ औं मिनेटमा मेहमेत टोपालले इस्तानबुलका लागि गोल फर्काए । 

६१ औं मिनेटमा नेयमारलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि पीएसजीले पेनाल्टी पायो । उक्त पेनाल्टीमा गोल गर्दै एम्बापपेले ५-१ को जित दिलाए।

जितसँगै लाइप्जिग र पीएसजी दुवैको ६ खेलमा १२ अंक भएपनि हेड टु हेडमा फ्रान्सेली टोली अघि रह्यो । यस समूहमा ९ अंक जोडेको युनाइटेड युरोपा लिगमा पुग्दा इस्तानबुलको यात्रा समूह चरणमा नै सिमित भयो ।

प्रकाशित मिति: : 2020-12-10 07:08:00

प्रतिकृया दिनुहोस्