लिभरपुल समूह विजेता तथा एट्लान्टा उपविजेता बनेर अन्तिम १६ मा

बिएल संवाददाता

काठमाडाै‌ं

इंग्लिस क्लब लिभरपुल र इटालियन क्लब एटलान्टा च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन्।

समूह डी अन्तर्गत बुधबार राति भएको खेलमा एफसी मिड्ट्जील्याण्डसँग १–१ को बराबरीमा रोकिएको लिभरपुल १३ अंकसहित समूह विजेताका रुपमा अन्तिम १६ मा पुगेको हो।

यता समूह चरणको अन्तिम खेलमा १० खेलाडीमा समेटिएको डच क्लब आयाक्समाथि १–० को जित निकाल्दै एटलान्टा पनि उपविजेताको रुपमा अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ।

७९औं मिनेटमा घरेलु टोली आयाक्स १० खेलाडीमा समेटिएकाे थियाे। रायन ग्राभेनवर्च दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिए। 

एटलान्टाले ८५औं मिनेटमा लुइस मुरिएलले रेमो फ्रेउलेरको पासमा गोल गरेका थिए। 

यो समूहको अर्काे खेलमा लिभरपुल डेनिस क्लब मिट्जेल्यान्डसँग १–१ गोलको बराबरीमा रोकियो। 

लिभरपुलका मोहम्मद सलाहले खेलको पहिलो मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए।

६२औं मिनेटमा एलेक्सान्डर स्कल्जले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए।

यो समूहमा लिभरपुलले १३ अंक जोड्यो। एटलान्टाले ११ तथा आयाक्सले ७ तथा मिट्जेल्यान्डले २ अंक जोड्यो।एटलान्टासँग पराजित भएको आयाक्स युरोपा लिगमा झरेको छ।
 

प्रकाशित मिति: : 2020-12-10 07:17:00

प्रतिकृया दिनुहोस्