नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आफ्नो पदबाट राजीनामा दिएका छन्।
उनले गत कात्तिक १ गतेदेखि लागू हुने गरी मुख्य प्रशिक्षकबाट राजीनामा दिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएकाे छ।
उनले स्वीडेनबाटै राजीनामा दिएको एन्फाले जनाएको छ।
बिहीबार बसेको बैठकले कालिनको राजीनामा स्वीकृत गरेको प्रवक्ता किरण राईले जानकारी बिएल नेपाली सेवालाई जानकारी दिए।
कालिन सन् २०१९ मार्च १ मा नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएको थिए। उनको प्रशिक्षणमा नेपालले ११ खेल खेलेको थियो।
कोरोना महामारीपछि कालिन गत वर्ष चैत १४ गते स्वीडेन फर्किएको थिए। त्यसपछि उनी नेपाल फर्किएका थिए।
हाललाई बालगोपाल महर्जनलाई निमित्त प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको छ।