मड्रिड डर्बीमा रियलको जित

 मड्रिड डर्बीमा रियल मड्रिडले एट्लेटिको मड्रिडलाई पराजित गरेको छ ।

स्पेनिस ला लिगा अन्तर्गत शनिबार घरेलु मैदान अल्फ्रेडो डि स्टेफानो रंगशालामा भएकाे खेलमा रियलले २-० को जित हात पारेकाे हाे।

 खेलकाे १५औँ मिनेटमा नै टोनी क्रुसको कर्नरमा क्यासेमिरोले हेडरमार्फत गोल गर्दै अग्रता दिलाए।

६३ औँ मिनेटमा ड्यानी कार्भाहलले बल बचाउने क्रममा पाेष्टमा लाग्दै गोलरक्षक ओब्लाकको ढाडमा लागेर गोल भएको थियो ।

 हारसँगै एट्लेटिको ११ खेलमम २६ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा छ । रियल भने १२ खेलमा २३ अंकसाथ तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति: : 2020-12-13 06:48:00

प्रतिकृया दिनुहोस्