चीन बन्यो अन्तरिक्ष महाशक्ति, चन्द्रमाबाट ल्यायाे माटो र ढुंगा

बिएल संवाददाता

काठमाडाै‌ं

चीन अन्तरिक्ष महाशक्ति बनेकाे छ। चन्द्रमाबाट माटो र ढुंगा ल्याउने अभियानमा सफलता प्राप्त गरेसँगै चीन अन्तरिक्ष महाशक्ति बनेकाे हाे। 

चीनको राष्ट्रिय अन्तरिक्ष एजेन्सी (सिएनएसए) का अनुसार अन्तरिक्षयान च्याङ्ग’इ–५ को कार्गो सफलता पूर्वक चन्द्रमाको माटो र ढुंगा लिएर बुधबार पृथ्वीमा फर्किएको छ।

यानको कार्गो मङ्गोलियाको घाँसे मैदानमा अवतरण गरिएकाे थियाे।

Image

चन्द्रमाबाट त्यहाँको नमूना ल्याउने यो पछिल्लो ४४ वर्षमा विश्वको पहिले सफल अभियान हो।

चन्द्रमाबाट ढुंगा र माटो ल्याउन सफल राष्ट्रको सूचिमा चीनको नाम थपिएको छ।

यसअघि अहिलेसम्म अमेरिका र रुसले मात्रै यस्तो गर्न सकेका थिए। 

China's Chang'e-5 lunar probe successfully delivers moon samples to Earth -  San Diego Local Directory

तत्कालीन सोभियत युनियनको लुना २४ अभियानले ४४ वर्ष पहिले चन्द्रमाबाट झण्डै २०० ग्राम ढुंगा तथा माटो लिएर आएको थियो।

सन् १९७० को दशकपछि पहिलोपटक पृथ्वीमा चन्द्रमाको सहतबाट नयाँ नमुना प्राप्त भएकाे छ।

यी नमुनालाई अनुसन्धानका लागि अन्य देशका वैज्ञानिकलाई पनि उपलब्ध गराइने चीनले जनाएको छ।

च्याङ्ग’इ–५ मिशन अघि चीनले दुई अन्‍य मून मिसन पठाएको थियो।

सन् २०१३ मा च्याङ्ग’इ–३ र सन् २०१९ मा च्याङ्ग’इ–४ मुन मिसन।

यी दुवैमा एउटा ल्‍याण्डरका साथसाथै एउटा सानो मून रोबर समावेश गरिएको थियो।
 

प्रकाशित मिति: : 2020-12-17 08:10:00

प्रतिकृया दिनुहोस्