अर्जेन्टिनी अदालतले भन्याे : म्याराडोनाको शव अहिल्यै नगाड

बिएल संवाददाता

काठमाडाै‌ं

अर्जेन्टिनाका महान फुटबल खेलाडी डिएगो म्याराडोनाको निधनलाई लिएर पुनः विवाद सुरु भएको छ। 

एक अदालतले चर्चित उनको शव गाड्न रोक लगाएको छ।

२५ वर्षीया मगाली गिल नामकी युवतीले म्याराडोना आफ्ना पिता भएको दाबी गर्दै मुद्दा हालेपछि अदालतले उक्त आदेश दिएकाे हाे।

पितृत्व मामिलामा अनुसन्धान गर्न उनको डीएनए परीक्षण गर्न आवश्यक हुन सक्ने भन्दै अदालतले जनाएकाे छ।

गत महिना म्याराडोनाको ६० वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको थियो।

विवाहपछि म्याराडोनाका दुई छोरी भएका छन्, तर सम्बन्ध विच्छेदपछि उनले आफू अरू ६ बच्चाको बाबु भएको स्वीकार गरेका थिए।

यसअघि पनि म्याराडोनाका तीन छोरीले आफ्नो बुवाको उपचारमा ठूलो लापरवाही भएको भन्दै प्रहरीमा उजुरी दर्ता गरेका थिए। 

ब्युनोस आयर्स प्रहरीले घटनाको छानवीन गर्न म्याराडोनाका निजी चिकित्सक लियोपोल्डो लुक्वीको घर तथा क्लिनिकमा निधनको चार दिनपछि छापा हानेको थियाे। 

पारिवारिक श्रोतका अनुसार छोरी डाल्मा, जियानिन्ना र जानाले घरमा उनको मुटुको समस्या हुँदा भइरहेको उपचारमा पनि शंका जनाएका थिए। 

प्रकाशित मिति: : 2020-12-18 07:53:00

प्रतिकृया दिनुहोस्