संसद विघटनविरुद्ध जुम्लामा प्रदर्शन (भिडियाेसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी जुम्लाले विरोधमा प्रदर्शन गरेकाे छ। 

आइतबार जुम्लाको सदरमुकाम खलंगामा रहेकाे पूर्व माओवादीकाे कार्यलय  करेसाबारीबाट सुरु भएकाे विराेध जुलुस कृष्णमन्दिरमा पुगेर सभामा परिणत भएकाे हाे। 

सभामा बाेल्दै नेकपा कर्णाली प्रदेश समिति सदस्य नवराज न्याैपाने (बिमुख)ले आगामी निर्वाचनमा फेरी पनि नेकपा नै पहिलाे पार्टी हुने निश्चित भएकाेले नेकपाका आम समर्थकहरूलाई नआत्तिन अनुराेध गरेका छन्। 

त्यस्तै नेकपा जुम्लाका सचिवालय सदस्य आदि  प्रसाद न्याैपानेले पार्टीकाे स्थाई समिति बैठककाे निर्णय अनुसार थप विराेधका कार्यक्रम अगाडि बढाउने बताए।

प्रकाशित मिति: : 2020-12-20 17:18:00

प्रतिकृया दिनुहोस्