हार्‍याे युभेन्ट्स

इटालियन सिरी ‘ए’ अन्तर्गत मंगलबार राति भएकाे खेलमा युभेन्ट्सले लज्जास्पद हार बेहोरेको छ। 

घरेलु मैदान एलिएन्ज स्टेडियम टोरिनोमा भएकाे खेलमा युभेन्ट्स फियोरेन्टिनासँग ३–० गाेल अन्तरले पराजित भएकाे हाे।

फियोरेन्टिनाका डुसान भ्लाहोभिक र मार्टिन कासेरेसले गोल गर्दा एक गोल उपहार पाएको थियो। 

फियोरेन्टिनाले खेलको तेस्रो मिनेटमा नै डुसान भ्लाहोभिकको गोलबाट अग्रता लिएको थियो। 

 युभेन्ट्स १८औं मिनेटमा १० खेलाडीमा समेटियो। जुवान क्वारड्राडोले गेइटानो कास्ट्रोभेल्लीलाई फल गरेपछि सुरुमा पहेलो कार्ड देखाएपनि भिएआरको सहाया लिदै रातो कार्ड देखाउदै मैदान बाहिर पठाए।

७६औं मिनेटमा एलेक्स सान्द्रोले आफ्नै पोस्टमा गोल गरे। 

८१औं मिनेटमा बिराघीकै पासमा मार्टिन कासेरेसले गोल गर्दै फियोरेन्टिनालाई ३–० काे जित दिलाए।

यो हारसँगै युभेन्ट्स १३ खेलबाट २४ अंक जोडेर चौथो स्थानमा झरेकाे छ। फियोरेन्टिना १४ अंक जोडेर १५औं स्थानमा उक्लिएको छ। 

प्रकाशित मिति: : 2020-12-23 08:21:00

प्रतिकृया दिनुहोस्