रियल म्याड्रिडले स्पेनिस ला लिगामा ग्रानडालाई २–० ले पराजित गरेको छ।
घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा बुधबार राति भएको खेलमा फ्रेन्च फरवार्ड करिम बेन्जेमा र ब्राजिली मिडफिल्डर क्यासमिरोको गोलमा रियलले जित निकालेकाे हाे।
५७औं मिनेटमा मार्काे एसेन्सियाको क्रसलाई क्यासमिरोले हेडरमार्फत गोल गर्दै रियललाई अग्रता दिलाए।
इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा बेन्जेमाले इस्कोको पासमा गोल गर्दै रियलको जित पक्का गरे।
जितसँगै रियलले शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग अंक बराबरी गरेको छ। रियलको १५ खेलबाट ३२ तथा एट्लेटिकोले १३ खेल खेलेको छ। पराजित ग्रानडा २१ अंक जोडेर सातौ स्थानमा रहेको छ।