इथियोपियाको पश्चिमी क्षेत्रमा आक्रमण, सयभन्दा बढीकाे हत्या

बिएल संवाददाता

न्यूयाेर्क
Photo:Associated Press
Photo:Associated Press

इथियोपियाको पश्चिमी क्षेत्रमा अपरिचित आक्रमणकारीले सय जना भन्दा धेरैको हत्या गरेका छन्।

इथियोपियाको बेनिशान्गुल–गुमुज क्षेत्रमा रहेको बेबोजी नाम गरेको गाउँमा बुधबार आक्रमण भएको हो। 

स्थानीय स्वास्थ्य संस्थामा कार्यरत नर्सका अनुसार आक्रमणकारीले केहीमाथि गोली प्रहार गरेका थिए। केहीलाई भने चक्कुसहितका धारिलो हतियारले आक्रमण गरिएको थियो।

 सो आक्रमणमा ३० जना भन्दा बढि भाइते भएका छन्। केहीको अवस्था गम्भीर रहेको उनले जानकारी दिएकी छिन्।

 इथियोपियाको मानवअधिकार आयोगका अनुसार सो क्षेत्रमा विभिन्न आदिवासी समुदायको बसोबास छ। उक्त क्षेत्रमा प्रधानमन्त्री एबी अहमदले अस्ति मात्रै भ्रमण गरेका थिए।

पछिल्ला महिनाहरुमा सो क्षेत्रमा आदिवासी समुदायसँग जोडिएका हिंसा बढेका छन्। सोही विषयमा छलफल गर्न मंगलबार प्रधानमन्त्री त्यहाँ गएका थिए।

प्रकाशित मिति: : 2020-12-24 10:36:00

प्रतिकृया दिनुहोस्