प्रतिनिधिसभा विघटनविरूद्ध सुनुवाइ: प्रधानन्यायाधीशसँग वरिष्ठ अधिवक्ताकाे भनाभन

बिएल संवाददाता

काठमाडाै‌ं

प्रतिनिधिसभा विघटनविरूद्ध परेका रिटहरूको सुनुवाइ सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ। 

अहिले ती रिटहरूमा सुनुवाइ भएको हो।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले रिटको सुनुवाइका लागि आफूसहित पाँच जनाको इजलास बनाएका थिए। 

इजलासमा राणासहित न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन्।  

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले इजलास गठनमा प्रश्न उठाए। उनले इजलास गठन नमिलेको बताएपछि केही बेर भनाभन भएकाे थियाे। 

‘तपाईं सधैँ संवैधानिक इजलासमा बहस गर्न आउने वरिष्ठ अधिवक्ताले यस्तो भन्न मिल्छ? इजलाश गठन भइसक्यो । यसरी प्रश्न गर्ने हो भने हामी सबै उठेर गए हुन्छ। हामी सबैले छोड्यौँ भने कसले मुद्दा हेर्छ?’ राणाले भने। 

प्रकाशित मिति: : 2020-12-25 12:36:00

प्रतिकृया दिनुहोस्