बाँकेमा सरकारविरुद्ध अनेरास्ववियूको विरोध प्रदर्शन

संसद विघटनविरुद्ध बाँकेमा नेकपा (प्रचण्ड) का विद्यार्थीले प्रदर्शन गरेका छन्। सरकारले  संविधान विपरित संसद विघटन गरेको भन्दै निर्णय खारेजीको माग गर्दै बाँकेमा अनेरास्ववियूले  प्रदर्शन गरेको हो।  

असंवैधानिक ‘कू’ को खारेजीको माग गर्दै उनीहरुले राष्ट्र र राष्ट्रियताको रक्षा र विधिको शासनको लागि संसद पुनर्स्थापना गर्नुपर्ने माग रहेको छ।  

शुक्रबार नेपालगञ्जमा उनीहरुले ‘असंवैधानिक कु खारेज गर , राष्ट्रियताको रक्षा र संविधानको लागि सांसद पुनर्स्थापना गर, बैलगाडे शासन मुर्दावाद’ नारा लगाएका थिए। 

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको दमनविरुद्ध सडकमा आउन बाध्य भएको अनेरास्ववियू कोहलपुर नगरका संयोजक लक्ष्मण मानवले बताए।  

उनका अनुसार  अनेरास्ववियूको केन्द्रीय समितिको निर्देशन अनुसार जिल्लामा विभिन्न चरणमा कार्यक्रम भइरहेको छ। 

नेकपाको केन्द्रमा ओली र प्रचण्ड नेपाल पक्षको विभाजन भएसँगै यसको असर जिल्लामा समेत देखिएको छ। ओलीइतर पक्षका विद्यार्थी  चरणबद्ध आन्दोलनमा छन्।

प्रकाशित मिति: : 2020-12-25 20:57:00

प्रतिकृया दिनुहोस्