प्रधानमन्त्री कप: एपीएफकाे विजयी सुरुवात

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ । 

नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशको आयोजनामा लुम्बिनी प्रदेशको राजधानी समेत रहेको दाङको लमहीमा शनिबारदेखि राष्ट्रिय स्तरको महिला क्रिकेट प्रतियोगिता सुरु भएको हो । 

 प्रतियोगितामा आठ टिम सहभागी छन् ।  

आयोजक नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशका सचिव संजय गुरुङले सात वटा प्रदेश र विभागीय टिम एपीएफको सहभागिता रहेको बताए । 

उनका अनुसार  प्रतियोगिताको पहिलो दिन दुई खेल भएका थिए । 

प्रतियोगितामा लुम्बिनी प्रदेश र  विभागीय टिम एपीएफले  विजयी सुरुवात गरेको उनको बताए ।  

पहिलो खेल  लुम्बिनी प्रदेश र २ नम्बर प्रदेश बीच खेल भएको थियो ।बिएल नेपाली सेवासँग कुराकानी गर्दै सचिव गुरुङले प्रदेश २ लाई ९ विकेटले पराजित गर्दै शनिबार प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनीले विजयी सुरुवात गरेको छ । लुम्बिनी प्रदेश विजयी भएको बताए । 

प्रतियोगिताको पहिलो दिन भएको दोस्रो खेलमा विभागीय टिम एपीएफ विजयी भयो । साविकको विजेता एपीएफले कर्णाली प्रदेशलाई २ सय ४ रनले पराजित गरेको हो । 

एपीएफ समूह ‘ए’मा छ ।  सचिव गुरुङले प्रतियोगिताको दोस्रो दिन पनि दुई खेल हुने अवगत गराए ।  आइतबार लुम्बिनी प्रदेश र कर्णाली प्रदेश  बीच प्रतिस्पर्धा हुनेछ । 

दिउँसो एपीएफ र २ नम्बर प्रदेश  खेल हुने उनको भनाइ छ । उनका अनुसार प्रतियोगिता १९ गते सकिनेछ ।

प्रकाशित मिति: : 2020-12-26 20:36:00

प्रतिकृया दिनुहोस्