राहत प्याकेज सम्बन्धी विधेयकमा हस्ताक्षर नगरे ट्रम्पलाई कानूनी कारवाही गर्ने वाइडेनकाे चेतावनी

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो वाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पले सदनबाट पारित भएको कोरोना भाइरसबाट प्रभावित भएकाहरुका लागि तय भएको राहत प्याकेज सम्बन्धी विधेयकमा हस्ताक्षर गर्न आग्रह गरेका छन्।

शनिबार उनले तत्काल कानूनमा परिमार्जित नगरेमा गम्भीर परिणामको सामना गर्नु पर्ने चेतावनीसमेत दिए। कोरोना भाइरसको महामारीका कारण वित्त समस्यामा आएका नागरिकाका लागि राहत प्याकेज ल्याउने सम्बन्धमा अमेरिकी सांसदहरु सहमत भएका थिए।

अबको ९ महिनासम्म सरकारी गतिविधि सञ्चालनका लागि यसअघि ल्याइएको १.४ ट्रिलियन डलर बराबरको कार्यक्रममा नयाँ प्याकेज थप ल्याएको थियो।
 
यसअघि कोरोना भाइरसको महामारीबाट प्रभावितका लागि ल्याइएको राहत कार्यक्रमको समय सकिन लागेका बेला नयाँ प्याकेजमा सहमति जुटेको थियो।

यसका लागि अमेरिकी सांसद ९ खर्ब डलर बराबरको राहत प्याकेज ल्याइएको थियो। अमेरिकी संसदबाट राहत प्याकेज गएको सोमबार अबेर पारित भएको थियो। 

माथिल्लो सदन सिनेटले गत सोमबार अबेर सो प्याकेजमालाई स्वीकृत गरेको थियो। त्यसको केही घण्टा पहिले तल्लो सदन हाउस हफ रिप्रिजेनटेटिभले प्याकेज स्वीकृत गरेको थियो।

कोरोना भाइरसको महामारीका कारण प्रभावित भएका व्यापार, व्यवसाय सञ्चालन तथा बेरोजगारले पाउने सुविधा दिनका लागि उनीहरु सहमत भएका हुन्।

यस्तै सर्वसाधारणलाई प्रदान गरिने खोप तथा विद्यालय पुनः सञ्चालनका लागि सहयोग गर्न पनि यो प्याकेज ल्याइएको हो। यसमा पनि केही रकम खर्च गरिने जनाइएको छ।  

यसअघिको राहत प्याकेज अन्त्य भएसँगै झण्डै एक करोड २० लाख अमेरिकी बेरोजगार भत्ताबाट वञ्चित हुने अवस्थामा पुगेका थिए।

तर राष्ट्रपति ट्रम्पले भने अहिलेसम्म यो प्याकेज स्वीकृत गरेका छैनन्। यसअघि कोरोना भाइरसको महामारीबाट प्रभावितका लागि ल्याइएको राहत कार्यक्रमको समय शनिबार सकिँदैछ। 

उनको कार्यकालको अन्त्यसम्ममा सो विधेयकमा हस्ताक्षर नगरे बेरोजगार भत्ता तथा भाडामा बस्नेहरुलाई घरधनीले निकाल्न नपाउने गरिएको व्यवस्था अन्त्य हुने जनाइएको छ। 

त्यसैले वाइडेनले बारम्बार सो विधेयकमा हस्ताक्षर गर्न आग्रह गरिरहेका छन। तर ट्रम्पले भने आनाकानीगर्दै आइरहेका छन्।

प्रकाशित मिति: : 2020-12-27 07:54:00

प्रतिकृया दिनुहोस्