अमेरिकी सांसदद्वारा ९ खर्ब डलर बराबरको नयाँ राहत प्याकेज घाेषणा

Photo:(Nicholas Kamm/Pool Photo via AP, File)
Photo:(Nicholas Kamm/Pool Photo via AP, File)

अन्ततः कोरोना भाइरसको महामारीका कारण वित्त समस्यामा आएका नागरिकाका लागि राहत प्याकेज ल्याउने सम्बन्धमा अमेरिकी सांसदहरु सहमत भएका छन्।

अबको ९ महिनासम्म सरकारी गतिविधि सञ्चालनका लागि यसअघि ल्याइएको १.४ ट्रिलियन डलर बराबरको कार्यक्रममा नयाँ प्याकेज थप भएको हो।
 
यसअघि कोरोना भाइरसको महामारीबाट प्रभावितका लागि ल्याइएको राहत कार्यक्रमको समय सकिन लागेका बेला नयाँ प्याकेजमा सहमति जुटेको हो।

यसका लागि अमेरिकी सांसद ९ खर्ब डलर बराबरको राहत प्याकेज ल्याइएकाे छ। 

तल्लो सदन सिनेटका प्रतिनिधिहरुले नयाँ प्याकेजमाथि सोमबार मतदान गर्ने तयारी छ।

कोरोना भाइरसको महामारीका कारण प्रभावित भएका व्यापार, व्यवसाय सञ्चालन तथा बेरोजगारले पाउने सुविधा दिनका लागि उनीहरु सहमत भएका हुन्।

यस्तै सर्वसाधारणलाई प्रदान गरिने खोप तथा विद्यालय पुनः सञ्चालनका लागि सहयोग गर्न पनि याे प्याकेज ल्याइएकाे हाे। यसमा पनि केही रकम खर्च गरिने जनाइएकाे छ।  

यसअघिको राहत प्याकेज अन्त्य भएसँगै झण्डै एक करोड २० लाख अमेरिकी बेरोजगार भत्ताबाट वञ्चित हुने अवस्थामा पुगेका थिए।

प्रकाशित मिति: : 2020-12-21 08:03:00

प्रतिकृया दिनुहोस्