शीर्षस्थानमा रहेको लिभरपुल बराबरीमा राेकियाे

बिएल संवाददाता

काठमाडाै‌ं

 शीर्षस्थानमा रहेको लिभरपुल बराबरीमा राेकिएकाे छ।

 इंग्लिस प्रिमियर लिगमा अन्तर्गत बुधबार राति न्युक्यासल युनाइटेडसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो। 

सेन्ट जेम्स पार्कमा भएको खेलमा घरेलु टोलीविरुद्ध लिभरपुलले  न्युक्यासको बलियो रक्षापङ्तिलाई तोड्न सकेन।

बराबरीसँगै लिभरपुल शीर्षस्थानमा यथावत् छ। लिभरपुलको १६ खेलबाट ३३ अंक पुगेको छ। 

एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेडको ३० अंक छ। अब म्यानचेस्टर युनाइटेडलाई अंक बराबरी गर्ने अवसर छ। 

१४औं स्थानमा रहेको न्युक्यासलको १९ अंक छ।

प्रकाशित मिति: : 2020-12-31 08:01:00

प्रतिकृया दिनुहोस्