हराएका २२ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

बिएल संवाददाता

काठमाडाै‌ं

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २२ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।

सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले उपत्यकाका विभिन्न स्थानबाट हराएका मोटरसाइकल खोजी गरेको थियो।

उक्त मोटसाइकल महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सम्बन्धित धनीलाई शुक्रबार हस्तान्तरण गरेका हुन्।

महाशाखाका अनुसार पुस महिनामा मात्रै ३९ वटा मोटरसाइकल अनुसन्धानको लागि ल्याएको छ भने चोरीमा संलग्न रहेका ९ जनालाई पक्राउ गरी मुद्दा दायर गरेको छ।

प्रकाशित मिति: : 2021-01-01 15:30:00

प्रतिकृया दिनुहोस्